• सोमबार, १५ भदौ २०८३
  • images

    थप ४० लाख मोर्डना खोप आउँदै 

    थप ४० लाख मोर्डना खोप आउँदै 

    हेल्दीखबर
    बिहीबार , माघ ६ २०७८
    हेल्दीखबर
    बिहीबार , माघ ६ २०७८
    थप ४० लाख मोर्डना खोप आउँदै 


    काठमाडौ । अर्को हप्ता मंगलबार देखि नेपालमा थप ४० लाख मात्रा मोर्डना खोप आउने भएको छ । 
    कोभ्याक्स मार्फत विश्व बैङ्कको सहुलियतमा थप ४० लाख मात्रा खोप आउन लागेको हो । 
    यसअघि पनि ३८ लाख मोर्डना खोप आइसकेको छ । 
    यसअघि आएको खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकाहरुलाई लगाएको थियो । व्यवस्थापन महाशाखा प्रमुख डा.रुद्र मरासिनीले अर्को हप्ता मंगलबारदेखि मोर्डना खोप आउन सुरु गर्ने बताउनुभयो । हामीलाई २५ देखि २८ तारिखसम्म मोर्डन खोप आइसक्ने जानकारी आएको छ,मरासिनीले भन्नुभयो,“यो खोप सहुलियतमा खरिद गरिएको खोप हो ।”

    आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पनि माघ ११ र १२ गतेृ गरी ४० लाख मात्रा मोर्डना खोप आउन लागेको जानकारी गराउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार