काठमाडौ । शुक्रबार नेपालमा पहिलो पटक मोडर्ना खोप आउँदै छ ।
स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखा अन्तर्रगत उपेन्द्र ढुंगानाले शुक्रबार एक लाख ८८ हजार मात्रा मोर्डना खोप आउन लागेको बताउनुभयो ।
ढुंगानाले कोभ्याक्स सुविधा अन्तरगर्त एक लाख ८८ हजार मात्रा खोप आउन लागेको जानकारी दिनुभयो ।
अमेरिकी कम्पनीको मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्न सकिन्छ ।
यसअघि ल्याइएको फाइजर माइनस ७० देखि ८० डिग्रीमा भण्डारण गर्नुपर्दथ्यो ।
मोर्डना खोप पनि १८ बर्ष मुनिका बालबालिकालाई लगाउन सकिने छ ।
शुक्रबार आउने मोर्डना खोप कुन वर्गलाई लगाउने भन्ने बारे निर्णय हुन सकेको छैन ।