• सोमबार, १५ भदौ २०८३
  • images

    वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपकुलपति विरुद्ध वृहत प्रदर्शन

    वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपकुलपति विरुद्ध वृहत प्रदर्शन

    हेल्दीखबर
    आइतबार, असार २० २०७८
    हेल्दीखबर
    आइतबार, असार २० २०७८
    वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपकुलपति विरुद्ध वृहत प्रदर्शन


    धरान,२० असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध ¥याली निकालेका छन् ।

     संयुक्त संघर्ष समितिको आह्वानमा आईतबार प्रतिष्ठानबाट ¥याली निकालिएको थियो ।  उपकुलपति कार्यालयमा शुरु भएको ¥याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोकमा पुुगेर कोणसभामा परिणत भएको थियो ।  जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले  शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै संघर्ष समितिले वृहत प्रर्दशन गरेको जानकारी दिनुुभयो ।  प्रतिष्ठानमा आन्दोलन चर्किएको आज २० औं दिन हो । संघर्ष समितिले चारै पदाधिकारीहरुको राजिनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ भने प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले गठन गरेको समितिसँग मात्र वार्ता गर्ने घोषणा गरेको छ । एक साताभित्र पनि माग पुरा नगरे सामुहिक राजिनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने संघर्ष समितिले जनाएको छ 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार