• सोमबार, १५ भदौ २०८३
  • images

    भत्ता नपाएको भन्दै वीर अस्पतालमा आन्दोलन, प्रमुख प्रशासकिय अधिकृतको राजीनामा माग

    भत्ता नपाएको भन्दै वीर अस्पतालमा आन्दोलन, प्रमुख प्रशासकिय अधिकृतको राजीनामा माग

    सोमबार, साउन १८ २०७८
    सोमबार, साउन १८ २०७८
    भत्ता नपाएको भन्दै वीर अस्पतालमा आन्दोलन, प्रमुख प्रशासकिय अधिकृतको राजीनामा माग

    काठमाडौं ।  वीर अस्पतालका स्वास्थ्यकर्मी धर्नामा बसेका छन । ८ महिनादेखि रोकिएको सेवा–सुविधाको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। कोभिड युनिफाइड केन्द्रीय वीर अस्पताल का प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मी माथि हिजो प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले फेरि आज धर्ना सुरु गरेका हुन्। डा. गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको आरोप लगाउँदै उनीहरू अस्पतालमा आउन रोक्क लगाउने भन्दै धर्नामा बसेका हुन्।
    केही स्वास्थ्यकर्मीले डा. गौतमको सरूवाको माग पनि गरेका छन्। आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले गुनासो छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार