• सोमबार, १५ भदौ २०८३
  • images

    खाईपाई आएको सुविधा घटाएको भन्दै काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

    खाईपाई आएको सुविधा घटाएको भन्दै काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    खाईपाई आएको सुविधा घटाएको भन्दै काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा


    काठमाडौं । 
    सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् । आज केही कर्मचारीलाई अस्पताल प्रवेशमा नै रोक लगाएपछि उनीहरुले गेटमै धर्ना दिएर नाराबाजी गरेका छन् । परीक्षण काल पूरा गरेका कर्मचारीलाई डेढ वर्षपछि स्वतः स्थायी गर्नुपर्नेमा नगरेको, कर्मचारीलाई आधा तलब मात्र दिएको, उपचार सुविधा नदिएको भन्दै कर्मचारीले आन्दोलन गरेका हुन् । काठमाडौं मेडिकल कलेज व्यवसायी डा. सुनील शर्माले खरिद गरेपछि कर्मचारीको सुविधा खोसिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार