• सोमबार, १५ भदौ २०८३
  • images

    सहिद मेमोरियल अस्पतालका नर्स आन्दोलनमा

    सहिद मेमोरियल अस्पतालका नर्स आन्दोलनमा

    सरकारले तोकेको तलब उपलब्ध गराउन माग

    शुक्रबार, जेठ १ २०८३
    शुक्रबार, जेठ १ २०८३
    सहिद मेमोरियल अस्पतालका नर्स आन्दोलनमा

    काठमाडौं, १ जेठ । कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा कार्यरत स्टाफ नर्सहरूले सरकारले निर्धारण गरेको तलब कार्यान्वयन गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्।

    शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्दै आफ्ना मागप्रति व्यवस्थापनको ध्यानाकर्षण गराएका हुन्।
    अस्पतालले हाल नर्सलाई १९ हजार तलब दिएको छ ।
    सरकारले स्टाफ नर्सका लागि निर्धारण गरेको न्यूनतम तलब ३४ हजार रुपैयाँ रहेको भन्दै सोहीअनुसार कार्यान्वयन हुनुपर्ने माग उनीहरूको छ।

    अस्पताल प्रशासनसँग पटक–पटक सरकारी मापदण्डअनुसार तलब उपलब्ध गराउन आग्रह गरे पनि सुनुवाइ नभएको आन्दोलनरत  कर्मचारीहरूको भनाइ छ। आन्दोलनमा सहभागी हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीले कर्मचारीहरूको श्रम र पेशागत योगदानअनुसार उचित पारिश्रमिक सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

    अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारी हाल आन्दोलनमा सहभागी रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार