• सोमबार, १५ भदौ २०८३
  • images

    नर्सको तलब सरकारी सरह दिन निजी अस्पताललाई निर्देशन

    नर्सको तलब सरकारी सरह दिन निजी अस्पताललाई निर्देशन

    सोमबार, असोज २७ २०८२
    सोमबार, असोज २७ २०८२
    नर्सको तलब सरकारी सरह दिन निजी अस्पताललाई निर्देशन

    काठमाडौँ, २७ असोज ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागु गर्न आग्रह गरेको छ । 

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागु गर्न पत्रचार गरिएको जानकारी दिनुभयो । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि  निर्देशन दिइएको उहाँले बताउनुभयो । 

    पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । उहाँका अनुसार तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । 

    मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । यस्तै मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैँकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

    रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार