• सोमबार, १५ भदौ २०८३
  • images
    औषधिको मूल्य समायोजन सम्बन्धि  प्रतिवेदन 

    चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा 

    चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा 

    आज कालोपट्टि बाँधेर देशभर मौन धर्ना 

    शुक्रबार, जेठ ३० २०८२
    शुक्रबार, जेठ ३० २०८२
    चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा 

    काठमाडौं, ३० जेठ । औषधिको मूल्य निर्धारण तथा समायोजन गर्न बनेको समितिको प्रतिवेदन विरुद्ध औषधि क्षेत्रका संघसंस्थाहरुले आन्दोलन गरेका छन्।

    औषधिका सम्पूर्ण सरोकारवालालाई बेवास्ता गर्दै एकतर्फी रूपमा मन्त्रालयलाई समेत भ्रममा पारेर प्रतिवेदन पेश गरिएको भन्दै उनीहरूले आन्दोलन गरेका छन् ।

    आज ऊनीहरुले देशभर मौन धर्ना तथा कालोपट्टि बाधेर विरोध जनाएका छन् ।

    सरकारले  कुनै चासो नदेखाएपछि उनीहरू आन्दोलनमा जान बाध्य भएका हुन्।


    नेपाल औषधि उत्पादक संघ (एपोन), नेपाल औषधि व्यवसायिक संघ(एनसीडिए), नेपाल चिकित्सक संघ (एनएमए), आयातकर्ता संघ, औषधि थोक व्यवसायी संघ, प्राइभेट अस्पताल संघ (अफिन), आयुर्वेद औषधि उत्पादक संघ, पशुपंक्षी औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल र पशु चिकित्सक संघ लगायतले संयुक्त रुपमा आन्दोलन सुरू गरेका हुन्।


    संघसंस्थाहरूले काठमाडौँस्थित औषधि व्यवस्था विभाग, बिराटनगर, बिरगञ्ज र नेपालगञ्जस्थित विभागका शाखा कार्यालयहरूमा मुखमा कालो पट्टी बाँधेर मौन धर्ना थालेका छन् । 

    उनीहरूले प्रतिवेदन यथास्थितिमा लागू भए औषधिको आपूर्ति संकट आउने, गुणस्तरहीन औषधिको प्रवाह बढ्ने र सम्पूर्ण औषधि उद्योग धराशायी हुने खतरा रहेको चेतावनी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार