• सोमबार, १५ भदौ २०८३
  • images

    झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, १७ करोड ९८ लाख रकम हिनामिना

    झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, १७ करोड ९८ लाख रकम हिनामिना

    सर्पदंश उपचार केन्द्र स्थापना गर्दा भ्रष्टाचार भएको ठहर

    बुधबार, असार १२ २०८१
    बुधबार, असार १२ २०८१
    झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, १७ करोड ९८ लाख रकम हिनामिना


    काठमाडौँ, १२ असार ।  पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा स्थापित  सर्पदंश उपचार केन्द्र स्थापना गर्ने प्रतिष्ठानमा भ्रष्टाचार भएको पुष्टि भएको छ।

    झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि विनियोजन गरिएको १७ करोड ९८ लाख रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो।  २०८० असोज २१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। 

      उक्त अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित ५ जना दोषी ठहर भएका छन् ।


    प्रतिष्ठानमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले मधेस प्रदेशका तत्कालीन मन्त्री विजय कुमारका साथै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई भ्रष्टाचारी ठहर गरेको हो।
    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठलाई भने सफाइ दिएको छ।

    झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद् बनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार