काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरि भोलि स्वदेश फर्किदै हुनुहुन्छ । दुई महिना लामो उपचारपछि सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किन लाग्नुभएको हो ।
करिब साढे २ महिनाअघि मिर्गौलामा समस्या देखिएपछि उहाँ थप उपचारको लागि भारतको एपलो अस्पतालमा जानुभएको थियो । थप उपचारको क्रममा खनालले एपलोमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।
स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँ भोलि दिउँसो नेपाल आउने हुनु भएको छ ।