• सोमबार, १५ भदौ २०८३
  • images

    डा. विषद दाहालको निलम्बन फिर्ता, काठमाडौं मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

    डा. विषद दाहालको निलम्बन फिर्ता, काठमाडौं मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

    हेल्दीखबर
    बुधबार, पुस २५ २०८०
    हेल्दीखबर
    बुधबार, पुस २५ २०८०
    डा. विषद दाहालको निलम्बन फिर्ता, काठमाडौं मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

    काठमाडौं, २५ पुस । डा.विषद दाहालको निलम्बन फिर्ता भएको छ ।

    काठमाडौं मेडिकल कलेज(केएमसी) र आन्दोलरत विद्यार्थीबीच सहमति भएपछि डा. दाहालले कलेज प्रवेश गर्न दिने भएको छ ।

    आज काठमाडौं मेडिकल कलेज(केएमसी) र आन्दोलरत विद्यार्थीबीच सहमति भएको हो। बालकुमारीमा भएको २ घण्टा लामो छलफलपश्चात केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको हो।

    केएमसीका प्रथम डिन एनबी राणा, हालका डिन मनोज हुमागाईं, केएमसीसहित अन्य मेडिकल कलेजका विद्यार्थीहरु सहभागी बैठकमा फिल्ड वर्कसम्बन्धी निर्देशिका बनाउने, निर्देशिका नबनुन्जेलसम्म विद्यार्थीलाई असर नपर्ने गरी पठाउने सहमति भएको छ।

    फिल्ड वर्कका विषयमा डा दाहाललाई केएमसीले एक महिनाका लागि निलम्वन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार