काठमाडौं, २१ माघ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मिर्गाैला प्रत्यारोपण सुरु गरेको छ ।
अस्पतालले माघ १५ गते लमजुङका ५० वर्षीय धनराज घलेको मिर्गौला प्रत्यारोपण गरेको हो । घलेलाई श्रीमती होमकुमारी गुरुङले मिर्गौला दान गर्नुभएको अस्तपालले जानकारी दिएको छ ।
प्रत्यारोपण गरेका घलेको स्वास्थ्यमा सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
काठमाडौँ मेडिकल कलेज अस्पतालका प्रमुख प्रा.डा रतिन्द्रनाथ श्रेष्ठले शिक्षण अस्पतालको पहिलो प्रयासले सफलता प्राप्त गरेको भन्दै प्रत्यारोपणले निरन्तरता पाउने जानकारी दिनुभयो ।
अस्पतालले कलेजो प्रत्यारोपणको पनि तयारी गरिरहेको अस्पताल प्रमुख प्राडा श्रेष्ठले बताउनुभयो ।