काठमाडौ । काठमाडौं मेडिकल कलेज विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।
कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क असुलेको भन्दै पीडित विद्यार्थीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन्। मेडिकल कलेजले अतिरिक्त २० लाख शुल्क लिएको भन्दै उनीहरुले उजुरी दर्ता गराएका हुन् ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएसतर्फ उपत्यकाभित्र ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरेको छ। विश्वविद्यालयलाई पहिलो किस्ता बुझाएपश्चात् पुनः मेडिकल कलेजले विद्यार्थीसँग ताकेता गरेका छन्। तर काठमाडौ मेडिकल कलेजले भने अतिरिक्त २० लाख रुपैया असुलेको आरोपमा जिल्ला प्रशासनमा उजुरी परेको हो ।