• सोमबार, १५ भदौ २०८३
  • images

    न्याम्सको सिनेटमा थप दुई जना सदस्य मनोनित

    न्याम्सको सिनेटमा थप दुई जना सदस्य मनोनित

    हेल्दीखबर
    शुक्रबार, कात्तिक ३ २०८०
    हेल्दीखबर
    शुक्रबार, कात्तिक ३ २०८०
    न्याम्सको सिनेटमा थप दुई जना सदस्य मनोनित

    काठमाडौँ, ३ कात्तिक । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट सदस्यमा दुई जनालाई मनोनित गरेको छ । 
    मनोनित हुनेहरुमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरी हुनुहुन्छ । 
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठ र गिरीलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

    लब्ध प्रतिष्ठित विज्ञान तथा समाजसेवीहरु मध्येबाट महिला समेतको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनित गरेको दुई जना सदस्य मनोनित गरिएको हो । सोही अनुसार गिरी र श्रेष्ठको मनोनयन गरिएको हो ।

    उनीहरुको पदावधि तीन वर्षको हुनेछ ।

    न्याम्सको सर्बोच्च निकायको रुपमा मानिने सभा (सिनेट)को अध्यक्ष सहकुलपति अर्थात स्वास्थ्य मन्त्री रहने व्यवस्था छ । कुल २४ सदस्यीय सभामा सदस्य सचिवको भूमिका न्याम्सको रजिष्ट्रारले गर्नेछन् ।

    पछिल्लो मनोनयनसंगै अब न्याम्सको सिनेट सदस्यमा देखिएका रिक्त पदहरु पूर्ण भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार