काठमाडौं, २५ वैशाख । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत रेजिडेन्ट डाक्टरहरुले तीन महिनादेखि निर्वाह भत्ता पाउन सकेका छैनन् ।
न्याम्समा पदाधिकारी नहुँदा निर्वाह भत्ता निकासा हुन सकेको छैन। पदाधिकारी नहुँदा तालिम तथा महत्वपूर्ण शैक्षिक कार्यक्रमहरु सञ्चालनमा पनि असर परेको छ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले प्रतिष्ठानमा २०७९ साल फागुन आन्तिम सातादेखी रिक्त रहेको उपकुलपती, शिक्षाध्यक्ष, रजिस्ट्रार तथा डिन लगायतका पदमा पदपूर्ति हुन नसक्दा आफुहरुले निर्वाह भत्ता रोकिएको बताउनुभयो।
एसोसिएसनले समस्या समाधानका लागी पहल गर्न सरोकारवाला निकायहरुलाई अनुरोधसमेत गरेको छ।