• सोमबार, १५ भदौ २०८३
  • images

    दुई महिनादेखि न्याम्स पदाधिकारीविहिन,  तत्काल नियुक्त गर्न कर्मचारी युनियनको माग

    दुई महिनादेखि न्याम्स पदाधिकारीविहिन,  तत्काल नियुक्त गर्न कर्मचारी युनियनको माग

    हेल्दीखबर
    शुक्रबार, वैशाख २९ २०८०
    हेल्दीखबर
    शुक्रबार, वैशाख २९ २०८०
    दुई महिनादेखि न्याम्स पदाधिकारीविहिन,  तत्काल नियुक्त गर्न कर्मचारी युनियनको माग

    काठमाडौं,२९ वैशाख । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  (न्याम्स) मा दुई महिना अघिदेखि    पदाधिकारीविहिन भएको छ। 
    न्याम्स पदाधिकारीविहिन हुँदा शैक्षिक तथा प्रशासनिक कार्यक्रम संचालनमा समस्या देखिएको छ।

    यसैबीच वीर अस्पताल कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  (न्याम्स) मा    पदाधिकारी नियुक्ति गर्न माग गरेको छ।

    कुलपति एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सहकुलपति एवंम स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै युनियनले तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेको हो। 

    युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट  कम्तिमा  ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्न माग गरेको छ।

    युनियनका सचिव दिपक मुडभरिले पदाधिकारी तत्काल नियुक्ति गर्न र पदाधिकारी नियुक्ति गर्दा  वीर अस्पताल भित्रका वरिस्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने माग गर्नुभयो।

    फागुन ३० गतेदेखि न्याम्समा  पदाधिकारी रिक्त रहेका छन्।  पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानमा शैक्षिक, आर्थिक र प्रशासनिक कामकाजमा समस्या उत्पन्न हुँदै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार