• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टरको आन्दोलनले गर्दा लाखौं बिरामी उपचार पाउनबाट बञ्चित

    डाक्टरको आन्दोलनले गर्दा लाखौं बिरामी उपचार पाउनबाट बञ्चित

    देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द

    हेल्दीखबर
    आइतबार, भदौ ३१ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ ३१ २०८०
    डाक्टरको आन्दोलनले गर्दा लाखौं बिरामी उपचार पाउनबाट बञ्चित

    काठमाडौं,३१ भदौ । चिकित्सक संघले देशैभरका अस्पतालमा ओपीडी सेवा बन्द गरेपछि लाखौं बिरामी अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।    
     आजदेखि डाक्टरहरुले आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा ठप्प पार्दा लाखौं बिरामी उपचार गर्न बाट बञ्चित भएका हुन् । 

     मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको  विरोधमा देशभरका चिकित्सकहरुले अस्पतालमा सेवा बन्द गराएका हुन् ।

    नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्। 

    देशभरका अस्पतालले आइतबार बिहानदेखि बहिरिङ्ग (ओपीडी)को टिकट वितरण गरेका छैनन्।  

    नेपाल चिकित्स संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको थियो ।
    संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ। 

    सन्चो अस्पतालका २ जना चिकित्सकहरु डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिएको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। 

    संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग पनि राखेको छ।

    संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन्। देशका विभिन्न ठाउँबाट उपचारका लागि भन्दै संघीय राजधानी काठमाडौं आएका बिरामी अलपत्र परेका छन्। फलोअपमा रहेका र ओपीडीमा जाँच गराउने गरी आएका बिरामी पनि अस्पताल बन्द हुँदा मर्कामा परेका हुन् । 

    चिकित्सकमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।  

    डेंगुको लक्षण देखिएर सन्चो अस्पतालमा भर्ना भएका बिरामीलाई चितवन लगिएको थियो। सो क्रममा बिरामीको चितवनको एक अस्पतालमा  मृत्यु भएको थियो। 
    अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु विरोधमा उत्रिएका थिए। क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले चिकित्सकद्वय थापा र विडारीमाथि हातपात गरेका थिए। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार