• सोमबार, १५ भदौ २०८३
  • images

    न्याम्सको उपकुलपति पदका लागि नौँ जनाको आवेदन

    न्याम्सको उपकुलपति पदका लागि नौँ जनाको आवेदन

    हेल्दीखबर
    आइतबार, असार ३ २०८०
    हेल्दीखबर
    आइतबार, असार ३ २०८०
    न्याम्सको उपकुलपति पदका लागि नौँ जनाको आवेदन

    काठमाडौँ, ३ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि नौ जनाले आवेदन दिएका छन् । 
    स्वास्थ्य मन्त्रालयका अनुसार  उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित समिति समक्ष नौँ जना चिकित्सकहरुले आवेदन पेश भएको छ । 

    आवेदन हाल्नेहरुमा न्याम्सका निमित्त उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, वीर अस्पतालको रेडियोलोजी विभागका प्रमुख प्राडा सरोज शर्मा र वीर अस्पतालकै पूर्व निर्देशक प्राडा बुलन्द थापा हुनुहुन्छ ।

    यस्तै परोपकार प्रसुतीगृह अस्पतालका पूर्व निर्देशक प्राडा अमिरबाबु श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक प्राडा अजित रायमाझी, न्याम्सका निवर्तमान डीन प्राडा पिउष दाहाल र वीरकै कार्डियोभास्कुलर सर्जन डा दीपक थापा, कलेजो रोग विशेषज्ञ प्राडा अनिल मिश्र र डा दीर्घराज जोशीले पनि आवेदन दिनुभएको छ । 

    गत २६ जेठमा न्याम्सका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्सीय उपकुलपति छनोट समिति गठन गर्नुभएको थियो ।  सो समितिका सदस्यहरुमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी बिच्छा सदस्य रहनुभएको थियो । 

    सो समितिले यी नौ जनामध्येबाट तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । कुलपतिले ती तीन जनामध्येबाट एक जनालाई उपकुलपति पदमा नियुक्त गर्नेछन् ।

    न्याम्सका उपकुलपति प्राडा देवनारायण साहको कार्यकाल गत ३० फागुनमा सकिएपछि न्याम्सको उपकुलपति पदमा नयाँ नियुक्ती हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार