• सोमबार, १५ भदौ २०८३
  • images

    तीन महिनापछि न्याम्सले पायो निमित्त उपकुलपति

    तीन महिनापछि न्याम्सले पायो निमित्त उपकुलपति

    हेल्दीखबर
    बुधबार, जेठ ३ २०८०
    हेल्दीखबर
    बुधबार, जेठ ३ २०८०
    तीन महिनापछि न्याम्सले पायो निमित्त उपकुलपति

    काठमाडौं,३ जेठ । तीन महिनापछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ।
     सरकारले डा बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो।
    न्याम्समा फागुन ३० गतेपछि उपकुलपति लगायतका पदाधिकारी रिक्त छ।यसअघि डा बस्नेत वीर अस्पतालमा निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । 
    न्याम्समा उपकुलपति लगायतका पदाधिकारी नियुक्त नहुँदा चिकित्सक लगायतका कर्मचारीले लामो समयदेखि तलब भत्ता लगायतका सेवा पाउन सकेका छैनन्। आवासीय चिकित्सकहरुले त तीन महिनादेखि मासिक निर्वाह भत्ता नपाएपछि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेका छन्।

    सरकारले डा बस्नेतलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिएका कारण आवासीय चिकित्सकहरुको समस्या समाधान हुने देखिएको छ।

     उपकुलपति नियुक्तिका लागि भने ऐन अनुसार छनोट समिति बनाएर आवेदन माग गर्नुपर्ने हुन्छ। छनोट समितिले प्रक्रिया पुरा गरेर कुलपतिलाई तीन जनाको नाम सिफारिस गरेपछि कुलपतिले एक जनालाई उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार