• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पतालका स्थायी डाक्टरद्वारा न्याम्सका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

    वीर अस्पतालका स्थायी डाक्टरद्वारा न्याम्सका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

    दुई वर्ष देखिको माग सम्बोधन नगरेको आरोप

    हेल्दीखबर
    आइतबार, भदौ ५ २०७९
    हेल्दीखबर
    आइतबार, भदौ ५ २०७९
    वीर अस्पतालका स्थायी डाक्टरद्वारा न्याम्सका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान शैक्षिक पद संघर्ष समितिले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ।

    आफूहरुका माग सम्बोधन नभएको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत सम्पूर्ण स्थायी चिकित्सकहरु तालाबन्दी सहितको आन्दोलनमा उत्रिएका हुन्।प्रतिष्ठानका पदाधिकारीहरु गैरजिम्मेवारबनेको भन्दै उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरी तालाबन्दी गरेको जनाएका छन्।

    प्रतिष्ठानबाट पाउनुपर्ने शैक्षिक पदनाम र सेवा सुविधा पाउनका लागि प्रतिष्ठानका पदाधिकारी समक्ष विगत दुई वर्षदेखि पटकपटक आग्रह  गरे पनि हालसम्म  माग पुरा नभएको भन्दै उनीहरुले ताला लगाएका छन्।  

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार