• सोमबार, १५ भदौ २०८३
  • images

    डा. गोविन्द केसीको असली रुपः काँग्रेस महामन्त्री गगन थापालाई भोट माग्दै दिए शुभकामना 

    डा. गोविन्द केसीको असली रुपः काँग्रेस महामन्त्री गगन थापालाई भोट माग्दै दिए शुभकामना 

    देशको नेतृत्व गगनले गर्नुपर्छ

    बिहीबार , कात्तिक २४ २०७९
    बिहीबार , कात्तिक २४ २०७९
    डा. गोविन्द केसीको असली रुपः काँग्रेस महामन्त्री गगन थापालाई भोट माग्दै दिए शुभकामना 

    काठमाडौँ, २४ कात्तिक । डा. गोविन्द केसीले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाको पक्षमा भोट मागेसंगै उनको असली रुप प्रष्ट भएको छ । 


    केपी ओली सरकारको विरुद्धमा पटक–पटक आमरण अनशन बसेका डा. केसीले खुलेरै काँग्रेस महामन्त्री थापाको पक्षमा उत्रिएका हुन् । 
    आफूलाई चिकित्सा शिक्षा सुधारको अभियन्ता भन्ने डा. केसीले गगन थापालाई भोट मागेसंगै उनी नेपाली काँग्रेसको पिछलग्नु मात्र भएको प्रष्ट भएको छ । 


    चार मिनेट ५३ सेकेन्डको भिडियोमा डा. केसीले अब देशको नेतृत्व युवाले गर्नुपर्ने भन्दै गगन थापालाई भोट मागेका हुन् । गगनमा नेतृत्व गर्ने क्षमता पनि रहेको उनको भनाई छ । गगन थापालाई शसक्त नेतृत्व दिनसक्ने नेतालाई मत दिनलाई उनले भनेका छन् ।

    अब देशको नेतृत्व युवाहरुले गर्नुपर्छ, त्यो क्षमता उहाँमा छ, केसीले भनेका छन, युवाहरुमध्ये पनि गगन थापा अग्र सूचीमा हुनुहुन्छ। गगनजस्तै उर्जावान, चरित्रवान नेता कम भएको उनको भनाई  छ। 

    आफ्नो आन्दोलनमा पनि गगन थापाले ठूलो सहयोग गरेको उनले बताएका छन् । 
    गगन थापा नलागेको भए चिकित्सा शिक्षा सुधारमा केही हुन नसक्ने दाबी डा. केसीले गरेका छन् । 

    देशलाई सही मार्गचित्र दिनसक्ने नेताहरुको खाँचो भएको उनको भनाई छ  केसीले विवेकमा उभिएर , टेकेर बोल्न सक्ने र अडान लिन सक्ने नेता थापा भएकोले सफलतापूर्वक देशको नेतृत्व गर्नसक्ने पनि बताए।

    स्वास्थ्य क्षेत्र सुधारमा गगन थापाको सहभागिता र सहयोग महत्वपुर्ण भएको भन्दै केसीले  सुरु देखिनै अभियानमा उनको सहयोगले धेरे उपलब्धिहरु प्राप्त भएको  बताए। 

    अन्य पार्टीका युवा नेताहरु निहित स्वार्थ पुर्तिमा लागेर आफ्नो अभियान कमजोर पार्न लागिपरेको भन्दै उनले गगन थापाको सहयोग प्राप्त नभएको भए अहिलेका उपलब्धिहरु प्राप्त गर्न नसकिने बताए।

    हेर्नुहोस् डा. गोविन्द केसीले गगन थापालाई मत मागेको भिडियोः



    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार