• सोमबार, १५ भदौ २०८३
  • images

     चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न केसीको चेतावनी

     चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न केसीको चेतावनी

    हेल्दीखबर
    बुधबार, माघ ५ २०७८
    हेल्दीखबर
    बुधबार, माघ ५ २०७८
     चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न केसीको चेतावनी

    काठमाडौं । डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न माग गर्नुभएको छ।  चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा विभिन्न पक्षहरुबाट हस्तक्षेप भइरहहेको भन्दै केसीले त्यस्तो हस्तक्षेप अन्त्य गर्न माग गर्नुभयो ।
    बुधबार विज्ञप्ति मार्फत केसीले  शिक्षा मन्त्रालयले चीन लगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीहरुको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीप नेपालमै गर्ने व्यवस्था गर्न थालेको भन्दै त्यस्तो व्यवस्था कानुनी रुपमा अवैध तथा व्यवहारिक रुपमा असम्भव भएको बताउनुभयो ।
    "चिकित्सा शिक्षा ऐन जारी भइ एकीकृत प्रवेश परीक्षा लागू भइसकेको अवस्थामा त्यो प्रक्रियाबाहिरबाट आउने कुनै पनि विद्यार्थीले नेपालभित्र कुनै पनि चरणको पठनपाठनमा संलग्न हुने कानुनी बाटो रहँदैन। त्यस्ता विद्यार्थीको हकमा चिकित्सा शिक्षा आयोगले गर्न सक्ने र मिल्ने भनेकै आगामी साझा प्रवेश परीक्षामा उनीहरुलाई संलग्न हुन लगाएर योग्यताक्रमअनुसार फेरि पढाइ शुरु गर्न लगाउने हो।," केसीले नेपालबाहिरका शिक्षण संस्थाहरुमा पढाइ शुरु गर्ने विद्यार्थीहरुसामु इन्टर्नशीपसहित पूरा पढाइ तिनै संस्थामा सकेर फर्कनुको विकल्प नभएको बताउनुभयो । 

    केसीले  विद्यार्थीहरुलाई नाम मात्रका कलेजहरुमा विदेश तस्करी गरेर अकुत कमाइ गर्ने तत्वहरु सक्रिय भएको बताएका छन्। "यसबीच यसै विषयमा नाजायज मागसहित चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा आयोगको कार्य सम्पादनमा अवरोध गर्ने कामहरु भइरहेका छन्। त्यस्तो काममा विद्यार्थीहरुलाई नाम मात्रका कलेजहरुमा विदेश तस्करी गरेर अकुत कमाइ गर्ने तत्वहरु समेत संलग्न भएको बुझिन्छ।"  "चीन लगायतका देशहरुमा आवश्यक शिक्षण र सिकाइविनै डिग्री बेच्ने कलेजहरुमा विद्यार्थी पढ्न पठाउन तत्काल रोक लगाउँदै विद्यार्थी तस्करीको व्यवसाय गर्नेहरुलाई कुनै पनि नियामक निकायहरुमा निय्क्त नगर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं।"
    उनले यस अगाडि भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा पछिल्लोपल्ट राखेका मागहरु पूरा गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता कार्यान्वयन गर्न पनि माग गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार