काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विद्यार्थीको भविष्य र स्वास्थ्य माथि खेलवाड नगर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको छ । वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गर्नुभएको हो ।
एउटै हलमा धेरै विद्यार्थी राख्दा संक्रमणको जोखिम बढ्ने उहाँको भनाइ छ। साथै, छुट्टै व्यवस्था नहुँदा संक्रमितहरू आफ्नो अवस्था लुकाई परीक्षा दिन बाध्य भएको र यसले संक्रमण जोखिम बढाएको उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ! तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।’ यस बारेमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ध्यानाकर्षण गराएको उहाँको भनाइ छ।