• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य संस्था नहुँदा समस्या

    स्वास्थ्य संस्था नहुँदा समस्या

    हेल्दीखबर
    शनिबार, असोज ८ २०७९
    हेल्दीखबर
    शनिबार, असोज ८ २०७९
    स्वास्थ्य संस्था नहुँदा समस्या

    सिमकोट। हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं २ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ । वडा नं ३ लामाखोल्सी गाउँमा पहिलादेखि नै स्वास्थ्य संस्था नहुँदा गाउँमा बिरामी हुँदा उपचारमा थप समस्या हुने गरेको स्थानीयको गुनासो छ । 

    छिमेकी सिमकोट गाउँपालिकाको वडा नं ८ को खोल्सी गाउँको स्वास्थ्यचौकीमा उपचारलाई जाने गरेको स्थानीय रिकजेन लामाले बताउनुभयो । गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिन आग्रह गर्दा कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । गाउँमा गर्भवती महिला सुत्केरी हुन झन समस्या भएको छ । 

    यस्तै जटिल बिरामीको उपचारमा तत्काल समस्या हुने गरेको उहाँको भनाइ थियो । वडा नं ३ लामाखोल्सी गाउँमा ३१ घरधुरी रहेको छ । दिनहुँ बिरामी जाँच, श्वासप्रश्वास, झाडापखाला, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका स्वास्थ्य सेवा पाउनबाट लामाखोल्सीवासी बञ्चित रहेको लामाले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार