• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    भूकम्पले जाजरकोट र रुकुम पश्चिमका १२ स्वास्थ्य संस्थामा क्षति 

    भूकम्पले जाजरकोट र रुकुम पश्चिमका १२ स्वास्थ्य संस्थामा क्षति 

    हेल्दीखबर
    सोमबार, कात्तिक २० २०८०
    हेल्दीखबर
    सोमबार, कात्तिक २० २०८०
    भूकम्पले जाजरकोट र रुकुम पश्चिमका १२ स्वास्थ्य संस्थामा क्षति 

    काठमाडौं,२० कार्तिक । भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएको छ। भवनमा क्षत भएपछि स्वास्थ्य संस्थाहरुले खुला ठाउँबाटै स्वास्थ्य सेवा दिइरहेका छन्।

    नलगाड नगरपालिकामा रहेको एक मात्र अस्पताल आफैं पनि भूकम्पबाट प्रभावित छ। इमर्जेन्सी सेन्टरको भवन चर्किएको छ। अस्पतालकी स्वास्थ्यकर्मी विष्णु साहका अनुसार पहिले यो प्राथमिक स्वास्थ्य केन्द्र थियो, त्यसैलाई अस्पतालमा स्तरोन्नति गरिएको हो।

    images


     १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको स्वास्थ्य मन्त्रालयले नाएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्यासमेत नभएको स्पष्ट गरेको छ। धेरै घाइते उपचारपश्चात् घर फर्केका छन् भने उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरुको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।
        
    भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम रुकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्यूठानका गरी एक सय ५७ जनाको मृत्यु भएको छ भने अन्य दुई सय ५६ जना घाइते भएका छन्। 

    सरकारले भूकम्पमा घाइतेहरूको उपचार निःशुल्क उपचार गर्ने घोषणा गर्नुका साथै राजधानीका ठुला संघीय अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ। हाल राहत, उद्धारसँगै र  प्रभावित क्षेत्रमा घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम सक्रिय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार