• बिहीबार , ५ कात्तिक २०८३
  • images

    पिजीमा २३१ सिट बढ्यो

    पिजीमा २३१ सिट बढ्यो

    एक हजार २६ जनाले चिकित्साशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नेछन् 

    शुक्रबार, फागुन २ २०८१
    शुक्रबार, फागुन २ २०८१
    पिजीमा २३१ सिट बढ्यो

    काठमाडौँ, २ फागुन । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) मा थप २३१ सिट बढाएको छ । 
    अब सरकारी स्वास्थ्य संस्थामा मात्र एकहजार २६ जनाले पिजीमा निःशुल्क अध्ययन गर्न पाउनेछन् । गत वर्ष यी संस्थाहरुमा ७९५ सिट थियो। 


    प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा २०९ सिट संख्या थप गर्ने निर्णय गरेको थियो । 

    images

    बैठकले प्रदेशका दुई प्रतिष्ठानमा २२ सहित १४ वटा संस्थामा २३१ सिट थप गर्ने निर्णय गरेको हो। बैठकको दिन पीजीमा २०९ सिट थप्ने निर्णय भएको बाहिर आएको थियो। तर उक्त २०९ सिटमा प्रदेशका दुई प्रतिष्ठानहरुको २२ सिट जोडिएको थिएन। मधेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहित १७ औं बैठकले २३१ सिट थप गर्ने निर्णय गरेको हो ।  

     यो वर्ष सबैभन्दा धेरै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा ११८ सिट थप भएको हो। न्याम्समा पीजीका सबै विषयको सिट संख्या २५० पुगेको छ।
    त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० सिट थप भएको छ। बीपीमा अब पीजीमा सिट संख्या २०४ पुगेको छ।यस्तै आयोगले गत साता एक सिट मात्र दिएको भनिएको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सिट संख्या थप भएको छ। १७ औं बैठकले मदन भण्डारी प्रतिष्ठानलाई आठ सिट दिने निर्णय गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार