• सोमबार, १५ भदौ २०८३
  • images

    ओखलढुंगामा ढुंगाले किचेर ६ बर्षीय बालकको मृत्यु

    ओखलढुंगामा ढुंगाले किचेर ६ बर्षीय बालकको मृत्यु

    हेल्दीखबर
    मंगलबार, जेठ ३१ २०७९
    हेल्दीखबर
    मंगलबार, जेठ ३१ २०७९
    ओखलढुंगामा ढुंगाले किचेर ६ बर्षीय बालकको मृत्यु

     ओखलढुंगा । ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका-३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर स्थानीय बालकको मृत्यु भएको छ । सोमवार बेलुका साढे ५ बजे चम्पादेवी-३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओत बहादुर श्रेष्ठका ६ बर्षीय छोरा भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो। उनी अचानक भिर माथीबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए ।
    ढुङ्गाले किचेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

    घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना बारे थप अनुसन्धान भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार