काठमाडौ,१८ असार । लायन्स क्लब अफ काठमाडौ हाइट र ओखलढुंगा पोकली वाटरफलको संयुक्त आयोजनामा अपाङ््गता भएका व्यक्ति र तिनका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । जुलाई १, २०२१ लायन बर्ष शुरु दिनमा डिस्ट्रीक ३२५ ए टु का जोन चेयर पर्सन लायन गुरु केदार बरालको प्रमुख आतिथ्यमा भक्तपुर स्थित समानताको लागि आवाज संस्थासंग आबद्ध २५ अपाङ्गता भएका ब्यक्ति र तिनका परिवारलाई लगभग एक महिनाको लागि पुग्ने अति आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरियो । हस्तान्तरण गरिएको खाद्यान्नमा चामल, दाल, नुन, तेल, आलु, प्याज, मसला लगायत सामाग्री रहेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जोन चेयर पर्सन लायन गुरु केदार बरालले डिस्ट्रीक गभर्नर लायन केशब पाण्डेज्युको आव्हान अनुसार लायन्स क्लब काठमाडौ हाइट र ओखलढुंगा पोकली वाटरफलले लायन बर्षको पहिलो दिनमै यस्तो महान मानवीय कार्यबाट सेवा शुभराम्भ गर्नु भएकोमा क्लब प्रेसिडेन्ट लायन अनामिका अर्याल तथा चार्टर प्रेसिडेन्ट लायन बर्षा राउत लगायत दुबै क्लबका सबै सक्रिय लायनहरुलाई धन्यबाद दिनुभयो । क्लबहरुले संचालन गर्ने हरेक कार्यक्रम डिस्ट्रीक गभर्नर लगायत सम्पुर्ण लायन लिडरहरुको सकारात्मक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै आउने दिनमा यी क्लबहरुले अझै सक्रिय र व्यापक कार्यक्रमहरु संचालन हुने अपेक्षा राख्नु भयो । उक्त कार्यक्रममा प्रेसिडेन्ट लायन अनामिका अर्यालले खाद्य सामाग्रीको ब्यवस्थापन गर्नु भएको थियो । कार्यक्रमलाई प्रेसिडेन्ट लायन अनामिका अर्याल, पोकली वाटरफलका प्रथम भाइस प्रेसिडेन्ट लायन लिला देवी धमला, काठमाडौ हाइट्का लिडर चेयर पर्सन लायन शम्भु बराल, मिडिया चेयर पर्सन लायन सरोज ढुंगेलले सम्बोधन गर्नु भएको थियो । सोही अवसरमा समानताका लागि आवाज संस्थाका संचालक गणेश मानन्धरले सहयोगको लागि धन्यवाद दिदै आगामी दिनमा पनि लायन्स क्लबबाट संस्थाको आर्थिक तथा भौतिक पुर्बाधार निर्माणका लागि सहयोग पाउने बिश्वास लिनु भयो । उक्त कार्यक्रममा लायन बिमला श्रेष्ठ, लायन सिताराम बानिया, लायन दामोदर अधिकारीको पनि सक्रिय सहभागिता रहेको थियो ।







