• सोमबार, १५ भदौ २०८३
  • images

    आफ्नै अस्पतालका डाक्टर मेसु विरुद्ध आन्दोलनमा उत्रिए

    आफ्नै अस्पतालका डाक्टर मेसु विरुद्ध आन्दोलनमा उत्रिए

    राजीनामा नदिए आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

    हेल्दीखबर
    बिहीबार , जेठ १२ २०७९
    हेल्दीखबर
    बिहीबार , जेठ १२ २०७९
    आफ्नै अस्पतालका डाक्टर मेसु विरुद्ध आन्दोलनमा उत्रिए


    सुनसरी । सुनसरीस्थित इनरुवा अस्पतालका निमित्त मेसु डा देवराज घिमिरेले अभद्र व्यवहार गरेको आरोप लगाउँदै त्यहि अस्पतालमा कार्यरत चिकित्सकहरुले मेसु घिमिरेको राजीनामा माग गरेका छन्।
    डा घिमिरेले अस्पतालमा कार्यरत अस्पतालका डा अमित मेहतामाथि अभद्र व्यवहार गरेको अन्य चिकित्सकको आरोप छ । मेसु घिमिरेले तत्काल राजिनामा नदिए आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी पनि अस्पतालमा कार्यरत अन्य चिकित्सकले दिएका छन्।
    अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानसिक तनावसहित अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । स्वास्थ्यकर्मीहरु बिरामीको सेवा र उपचारमा नियमित रुपमा लागी परेपनि डा घिमिरेको अभद्र व्यवहारले काम गर्ने मनोबल गिराएको उनीहरुको गुनासो छ ।

    No description available.

    No description available.

    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार