काठमाडौँ, १३ वैशाख । कुनै बेला कोरोना संक्रमितका लागि आइसियु र भेन्टिलेटर नपाइने अस्पतालहरुमा अब आइसीयू र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्यमा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसियु तथा भेन्टिलेटरमा उपचार गराउने संक्रमित शुन्य रहेको छ ।
यस्तै आज देशभर थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ जना र एक हजार १६२ जनाको एन्टीजेन बिभिबाट नमुना परीक्षण गर्दा २ जना गरी जम्मा ५ हजार २२६ जनाको नमुना परीक्षण भएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २६०र संस्थागत आइसोलेसनमा १ जना रहेका छन् । त्यसैगरी शून्य सक्रिय संक्रमित रहेका जिल्ला ३४ वटा रहेका छन् ।