• सोमबार, १५ भदौ २०८३
  • images

    ८४६ संक्रमित आइसियु र भेन्टिलेटरमा, १८ जनाको मृत्यु

    ८४६ संक्रमित आइसियु र भेन्टिलेटरमा, १८ जनाको मृत्यु

    हेल्दीखबर
    आइतबार, साउन १७ २०७८
    हेल्दीखबर
    आइतबार, साउन १७ २०७८
    ८४६ संक्रमित आइसियु र भेन्टिलेटरमा, १८ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र पीसीआर परीक्षणबाट  एक ९८१ जना र एन्टिजेन परीक्षणबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोनाबाट थप  १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८७५ पुगेको छ । यस्तै पिसिआर विधिबाट छ लाख ९७ हजार ३७० जना र एन्टिजेनबाट ६१ हजार ९३७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कोरोना निको हुने कुल संख्या छ लाख  ५६ हजार १९७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ पुगेको छ । यस्तै देशभरका कोभिड अस्पतालका आइसीयूमा ६७७ र भेन्टीटरमा १६९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
     मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको कोरोना परीक्षण भएको छ । ती मध्ये पीसीआर परीक्षण आठ हजार ४०२ र एन्टिजेन परीक्षण चार हजार २३४ जनाको भएको छ । यस्तै कोरोना निको हुने संख्या पनि बढेको छ । मन्त्रालयका अनुसार दुईहजार २० जना संक्रमित निको भएका छन् । 
      

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार