काठमाडौं । शनिबार आइसियुमा २६८ र भेन्टीलेटरमा ८० जना कोरोना संक्रमित उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसियु र भेन्टिलेटरमा गरी कुल ३४८ जना संक्रमित उपचाररत छन् ।
यस्तै थप आठ जना संक्रमितको निधन भएको छ ।
शनिबार काठमाडौँ उपत्यकाका २१३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५० भक्तपुरमा २४ र ललितपुरमा ३९ जना गरी उपत्यकामा कुल २१३ जना संक्रमित थपिएका छन् ।
यस्तै गत चौबिस घण्टामा देशभर ५१३ जना कोरोना संक्रमित थपिएका छन् भने ८१७ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९७२ जनाको पीसीआर र एक हजार ९५९ जनाको एन्टीजेन बिधिबाट गरी कुल छ हजार ९३१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको छ ।