• सोमबार, १५ भदौ २०८३
  • images

    शुक्रबार ४३ संक्रमितको मृत्यु, ७५२ आइसियु र भेन्टिलेटरमा

    शुक्रबार ४३ संक्रमितको मृत्यु, ७५२ आइसियु र भेन्टिलेटरमा

    हेल्दीखबर
    शुक्रबार, साउन १ २०७८
    हेल्दीखबर
    शुक्रबार, साउन १ २०७८
    शुक्रबार ४३  संक्रमितको मृत्यु,  ७५२ आइसियु र भेन्टिलेटरमा


    काठमाडौं, १ साउन । पछिल्लो चौबिस घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको  संख्या सात लाख १२ हजार ३७३ पुगेको छ । ती मध्ये छ लाख ६४ हजार ५७६ जना पिसिआर र ४७  हजार ७९७ जना एन्टिजेनबाट संक्रमित भएका हुन् । गत चौविस घण्टामा थप ४३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५०६ पुगेको छ । एक हजार ७७५ जना संक्रमित निको भएका छन् । हाल सम्म नेपालमा निको हुनेको संख्या छ लाख २८ हजार २४३ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ६१३ जनाको पीसीआर र चार हजार ५६९ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार १८२ जनाको कोरोना परीक्षण भएको थियो । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा ५७८ र भेन्टीलेटरमा १७४ जना संक्रमित उपचाररत रहेका छन् । 
      काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना गरी काठमाडौँ उपत्यकामा ५४१ जना संक्रमित थपिएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार