• सोमबार, १५ भदौ २०८३
  • images

    ९१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा 

    ९१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा 

    हेल्दीखबर
    शनिबार, पुस १० २०७८
    हेल्दीखबर
    शनिबार, पुस १० २०७८
    ९१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा 


    काठमाडौ । ९१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न विभिन्न आईसीयू र भेन्टिलेटरमा ९१ कोरोना संक्रमितको उपचार भइरहेको छ । 
    मन्त्रालयका अनुसार शुक्रबार ७७ संक्रमितको आईसीयूमा र २१ को भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ४५ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारत रहेको मन्त्रायले जनाएको छ।
    गण्डकी प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा ९जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। सुदूरपश्चिममा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।

    बिहीबार ११८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचारत थिए । नेपालमा ५ हजार ४८ जना संक्रिय संक्रमित रहेका छन् ।

    नेपालमा अहिलेसम्म ८ लाख २६ हजार ९०१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ८ लाख १० हजार २७१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार