४८ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४८ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८ सय पीसीआर नमुना परीक्षण गर्दा ३ जना र ९४० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जना गरी कुल चार जनामा कोरोना देखिएको हो।
त्यसैगरी आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ रहेको छ ।