• सोमबार, १५ भदौ २०८३
  • images

    ३३ जनामा कोरोना संक्रमण, आइसियु र भेन्टीलेटरमा १७ जना

    ३३ जनामा कोरोना संक्रमण, आइसियु र भेन्टीलेटरमा १७ जना

    हेल्दीखबर
    सोमबार, चैत २१ २०७८
    हेल्दीखबर
    सोमबार, चैत २१ २०७८
    ३३ जनामा कोरोना संक्रमण, आइसियु र भेन्टीलेटरमा १७ जना

    काठमाडौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच   हजार ५९ नमुना परीक्षण गर्दा ३३ जनालाई संक्रमण भएको हो। यही अवधीमा थप ८९ जना संक्रमणमुक्त भएका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुइ हजार ९४२ पीसीआर नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना देखिएको हो। यस्तै २ हजार १७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएकोमा १ जना गरी ३३ जनाको कोरोना रीपोर्ट पोजेटिभ आएको हो ।
    त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १५ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय ४२ रहेको मन्त्रालयले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार