• सोमबार, १५ भदौ २०८३
  • images

    आठ जनामा कोरोना संक्रमण, २० संक्रमित आइसियु र भेन्टिलेटरमा

    आठ जनामा कोरोना संक्रमण, २० संक्रमित आइसियु र भेन्टिलेटरमा

    हेल्दीखबर
    शनिबार, चैत १२ २०७८
    हेल्दीखबर
    शनिबार, चैत १२ २०७८
    आठ जनामा कोरोना संक्रमण, २० संक्रमित आइसियु र भेन्टिलेटरमा


    काठमाडौ । गत चौबिस घण्टामा देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पिसिआर र ५९ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा  आठ जनाको कोरोना पोजेटिभ आएको हो ।  यस्तै थप २१० जना निको भएका छन् ।

    यस्तै आइसीयूमा १९ र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७५८ रहेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार