• सोमबार, १५ भदौ २०८३
  • images

    १० मन्त्री र २० सांसदलाई कोरोना संक्रमण

    १० मन्त्री र २० सांसदलाई कोरोना संक्रमण

    हेल्दीखबर
    शनिबार, पुस १७ २०७८
    हेल्दीखबर
    शनिबार, पुस १७ २०७८
    १० मन्त्री र २०  सांसदलाई कोरोना संक्रमण

    भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ। महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिए। 

    उनले कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिए । 

    सरकारले लागु गरेका नियमहरुको पालना नगर्दा र हेलचेक्र्याई गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ। उनले भने, “कृपया सरकारको आग्रहलाई पालना गरिदिनु होला, आफ्नै पनि सतर्कता अपनाउनु होला, नत्र अवस्था भयावह हुनसक्छ ।”

    महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए। 

    भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन्। सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार