• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोनाका कारण कांग्रेस नेतृ सुन्दरा ल्वागुनको निधन

    कोरोनाका कारण कांग्रेस नेतृ सुन्दरा ल्वागुनको निधन

    सोमबार, असोज ४ २०७८
    सोमबार, असोज ४ २०७८
    कोरोनाका कारण कांग्रेस नेतृ सुन्दरा ल्वागुनको निधन


    नेपाली कांग्रेस निकट नेपाल दलित संघकी केन्द्रीय सदस्य सुन्दरा ल्वागुनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कांग्रेस झापा जिल्ला सदस्य समेत रहनुभएको उहाँको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
    पेटको समस्या देखिएर अस्पताल भर्ना गरिएकी उनलाई निमोनिया समेत भएको थियोे। कन्काई नगरपालिका – ७ दुर्गापुर घर भएकी उनी पार्टीको १४ औं महाधिवेशन अन्तरगत वडा अधिवेशनबाट पार्टीको क्षेत्रीय प्रतिनिधि छनोट समेत भएकी थिइन्।
    उनको कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्मा लगायतले पार्टीको झण्डा ओडाएका थिए। सुन्दराका श्रीमान हर्क पूर्वप्रहरी नायव निरीक्षक हुन्। सुन्दराका एक छोरा र एक छोरी छन्। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार