• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा फैलिरहेको कोरोना डेल्टा भेरियन्ट

    नेपालमा फैलिरहेको कोरोना डेल्टा भेरियन्ट

    हेल्दीखबर
    बिहीबार , भदौ २४ २०७८
    हेल्दीखबर
    बिहीबार , भदौ २४ २०७८
    नेपालमा फैलिरहेको कोरोना डेल्टा भेरियन्ट


    कठमाडौं । नेपालका फैलिएको कोरोना संक्रमणमा डेल्टा भेरियन्ट पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा डेल्टा भेरियन्टको प्रभाव अत्यधिक रुपमा देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले गत असार २३ पछि ४ भदौसम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिनुभयो । हाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट भेटिएको उल्लेख गर्नुभयो । 
     उहाँले परीक्षणका क्रममा सबै नमूनाहरु डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिदै नयाँ परीक्षणले नेपालमा कोरोना संक्रमितमा डेल्टा भेरियन्टको प्रभाव रहेको पुष्टि भएको बताउनुभयो ।  उहाँले संक्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गर्नुभयो । 
     यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टी गरेको बताउनुभयो ।  उहाँले विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूनाहरु विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार