काठमाडौँ, २७ असार । भेरोसिल खोप अभियान असार मसान्तसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन सरकारबाट खरिद गरी ल्याएको खोप असार मसान्तसम्म लगाउन सुरु गर्ने जानकारी दिएको छ ।
विभाग अन्तरगर्त परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा झलक गौतमले चीनबाट आएको भेरोसेल खोप अभियान असार भित्रै सुरु गरिने जानकारी गराउनुभयो । उहाँले खोप अभियान असार महिना भित्रै सुरु गर्ने योजना भइरहेको जानकारी पनि दिनुभयो ।
डा गौतमले अब आउने खोप सम्भवत ५५ वर्ष देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाइ लगाइने जानकारी पनि दिनुभयो । यहि उमेर समूहमा लगाउने भनेर निर्णय नभइसकेपछि ६० वर्षदेखि माथिकालाई यसअघि लगाइसकेकोले अब ५५ वर्ष माथिकालाई लगाइने बताउनुभयो ।