• सोमबार, १५ भदौ २०८३
  • images

    बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने

    बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने

    हेल्दीखबर
    बिहीबार , असोज १८ २०८०
    हेल्दीखबर
    बिहीबार , असोज १८ २०८०
    बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने

    काठमाडौँ, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । 
    ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’  आगामी कात्तिक १७ र १८ गते भिटामिन ए खुवाउन लागेको हो । 

    आर्थिक वर्ष २०८०÷८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दशैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्न लागिएको हो । 
    स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सात वटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

    दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाख महिनामा गर्ने गरिएको छ। भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ ।

    सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो। सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निः शुल्क खुवाउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार