• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौं मेडिकल कलेजका डाक्टरहरु आन्दोलित

    काठमाडौं मेडिकल कलेजका डाक्टरहरु आन्दोलित

    हेल्दीखबर
    बिहीबार , चैत ९ २०७९
    हेल्दीखबर
    बिहीबार , चैत ९ २०७९
    काठमाडौं मेडिकल कलेजका डाक्टरहरु आन्दोलित


    काठमाडौं,९ चैत ।  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आवासीय डाक्टरहरु आन्दोलित भएका छन्।

    ड्यूटीमा रहेका एक चिकित्सकलाई अस्पतालले २ हप्ताका लागि निलम्बन गरेपछि उनीहरु आन्दोलित भएका हुन्। यसअघि आफ्ना माग पूरा गर्नका लागि अस्पताललाई ४८ घण्टे अल्टिमेटम दिँदा समेत अस्पताल प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिएको चिकित्सकहरुले जनाएका छन्। 

    गत ३ गते ड्यूटीमा लापर्बाही गरेको भन्दै ती चिकित्सकलाई १५ दिनका लागि निलम्बन गरिएको छ। चिकित्सकको निलम्बन फुकुवा हुनुपर्ने र उनीहरुको उचित मुल्याङ्कन हुनुपर्ने भन्दै चिकित्सकहरुले अस्पताल प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए। 

    विगत २ वर्षदेखि करिब दैनिक रूपमा हुने शिविरहरु, दुवाकोटको इमरजेन्सी तथा ओपीडी सेवा, सामुदायिक सेवाअन्तर्गत सिपाघाट पोस्टिङ लगायतका कार्यहरूमा अस्पतालको नियमित सेवा बाहेक पनि खटिएको उल्लेख गर्दै उनीहरुले जनशक्ति व्यावस्थापन नभइरहेको अवस्थामा विभिन्न थप स्थानमा कयौं पोस्टिङ तयार गरी जबर्जस्ती काममा खटाइएको विषयमा ध्यानाकर्षण गराएका छन्।

    अस्पताल व्यवस्थापन समितिले आवासीय चिकित्सकहरुलाई एकतर्फी रूपमा दबाब दिँदै व्यक्तिगत आक्षेपका साथ धम्कीपूर्ण भाषामा पत्र पठाएर निलम्बन गरिएको आन्दोलनमा उत्रिएका चिकित्सकहरुको भनाइ छ। 

    उनीहरुले  निलम्बित आवासीय चिकत्सकहरको यथासक्य निलम्बन फिर्ता लिनुपर्ने, इमर्जेन्सी र ओपीडीमा सम्बन्धित विषयका मात्र बिरामी हेर्ने व्यवस्था मिलाउनु पर्ने, शिविरहरुको संख्या किटान तथा व्यवस्थापन गरी आवश्यक मात्रामा मात्रै गराउनु पर्ने, आवासीय चिकत्सकका आधारभूत सेवा, सुविधा यथासक्दो छिटो व्यवस्था गर्नुपर्ने, इमर्जेन्सी विभागको स्तरोन्नती गरी जिम्मेवारीपूर्वक सम्बंधित विभागलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्ने र विभागमा जनशक्ति व्यवस्थापन तथा स्तरवृद्धि गरी समयानुकूल बनाउनुपर्ने माग अगाडि सारेका छन्। 

    अस्पाताल प्रशासनले आफ्ना मागहरुको सुनवाइ नगरेपछि आज ९बुधबार० पेन डाउन गरेर आन्दोलन गरिएको चिकित्सकहरुले जानकारी दिएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार