काठमाडौं । विदेशबाट चिकित्सा शिक्षा (चिकित्सक) अध्ययन गर्न चार सय विद्यार्थी नेपाल आएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार यो शैक्षिक सत्रमा मात्रै चार सय विद्यार्थी नेपाल आएका हुन् ।
उनीहरु चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन गर्न नेपाल आएका हुन् । आयोगका उप सचिव सेमन्तराज शर्माले भारतबाट मात्रै चिकित्सा शिक्षा अध्ययन गर्न आएका छन् । कोभिडका कारण यस वर्ष अन्य देशका विद्यार्थी चिकित्सा शिक्षा अध्ययन आएनन् ।
उनीहरुले आयोगले लिएको एकीकृत प्रवेश परीक्षा र सम्बन्धित देशको परीक्षा पास भएका विद्यार्थी सिधै भर्ना हुन पाउने सुविधा आयोगले दिएको छ । उप-सचिव सेमन्तराज शर्माले आयोगले लिएको एकिकृत परीक्षा पास गर्नेलाई पहिलो प्राथमिकता दिइने जानकारी दिदै त्यसपछि सम्बन्धित देशको परीक्षा पास गरेर आएकोले पढ्न पाउँने बताउनुभयो । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि तोकेको कोटामा १० प्रतिशत विदेशी विद्यार्थीको लागि छुट्याएको छ ।
त्रिवि सम्बद्ध प्रतिष्ठान तथा कलेज, काठमाडौं विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका शिक्षण संस्थामा एमबीबीएस भर्नाका लागि भर्ना हुन इच्छुक रहेका छन् ।
चिकित्सा शिक्षाको स्नातक तह पढ्नको लागि इच्छुक बिदेशी विद्यार्थीलाई कार्तिक सात गतेभित्र सम्बन्धित शिक्षण सस्थामा भर्ना भईसक्नुपर्नेछ ।