• सोमबार, २ कात्तिक २०८३
  • images
    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औँ वार्षिकोत्सव

    मिर्गौला र कलेजो प्रत्यारोपणमा छलाङ

    मिर्गौला र कलेजो प्रत्यारोपणमा छलाङ

    मंगलबार, वैशाख ११ २०८१
    मंगलबार, वैशाख ११ २०८१
    मिर्गौला र कलेजो प्रत्यारोपणमा छलाङ


    भक्तपुर, ११ वैशाख । दुधपाटी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । 
    नेपाल सरकार मातहत रहेको उक्त केन्द्रमा मिर्गौला र कलेजो प्रत्यारोपण हुँदै आएको छ । 
    आज सम्पन्न वार्षिकोत्सव कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले  हालसम्म एकहजार २३९ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको जानकारी दिए । उनले यस सफलताका लागि केन्द्रका  चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरुको योगदान रहेको बताए । उनले मिर्गौला र कलेजो प्रत्यारोपणमा छलाङ मारेको बताए । 

    मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता दर रहेको डा श्रेष्ठको भनाई छ । १०० बेडमा सञ्चालित अवस्थामा केन्द्रले मिर्गौला, मुटु, कलेजो, युरोलोजी लगायतका सेवा दिइरहेको छ। हालसम्म केन्द्रले  १९ जनाको कलेजो प्रत्यारोपण समेत गरेको छ । प्रत्यारोपण केन्द्रले पोखरा र सुर्खेत शाखा मार्फत समेत सेवा दिँदै आइरहेको छ। 

    images

    hotc anniversary.jpg

    कार्यक्रममा भक्तपुर जिल्लाका सांसद प्रेम सुवालले  केन्द्रको विकास र विस्तार अग्रगतिमा अघि बढेको भन्दै केन्द्रलाई अगाडी बढाउन आफू सधैँ प्रतिवद्ध रहेको बताए । 
    अर्का सांसद दुर्लभ थापाले अस्पतालको  भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै सरकारले स्थानान्तरण गरिनुपर्ने बताए । 
    उनले यो विषयमा सदन र सरकारमा आवाज उठाउने बताए ।  केन्द्रले गरेको कामको प्रसंशा गर्दै उनले छोटो अवधिमा ठूलो फड्को मारेको दाबी गरे । 
    स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्र रमण सिंहले प्रत्यारोपण केन्द्रले छोटो समयमा सोचेको भन्दा धेरै प्रगति हाँसिल गरेको बताए । उनले  नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको चर्चा गरे ।  १२ वर्षको अवधिमा एक हजार भन्दा बढीको मिर्गौला प्रत्यारोपण हुनु सामान्य नभएको उनको तर्क छ । 

    pukar sammanit.jpg

    मिर्गौल सरोकार समाजमा अध्यक्ष बलराम सुवेदीले मिर्गौला रोगको उपचार तथा निदानमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारीस्तरबाट समेत हौसला प्रदान गरिनुपर्ने बताए । 

    केन्द्रका कार्यकारी निर्देशक डा.  श्रेष्ठले अस्पतालले गरेको प्रगतिबारे बताए । केन्द्रले २०८० बैशाख देखि चैत्र मसान्त सम्म १८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण गरेको छ । 
    कार्यक्रममा विरामीको तर्फबाट मिर्गौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठले  मिर्गौला बिरामीको उपचारमा केन्द्रको ठूलो योगदान रहेको बताए । 
    १२ औँ वार्षिकोत्सवका अवसरमा केन्द्रमा स्थापनादेखि कार्यरत डा. दिपेश श्रेष्ठलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार