पोखरा,२१ असार । गण्गकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा खिमबहादुर खड्कालाई नियुक्त गरिएको छ ।
यसअघि स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा विनोद विन्दु शर्मा हुनुहुन्थ्यो ।
शर्मा गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएपछि निर्देशनालयको रिक्त निर्देशक पदमा खड्कालाई नियुक्त गरिएको हो । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खड्कालाई स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरको हो ।
खड्का हेल्थ इन्सपेक्सन समूहका ११ औँ तहका स्वास्थ्यकर्मी हुनुहो । यसअघि उहाँ प्रदेश स्वास्थ्य तालिम केन्द्र र आपूर्ति व्यवस्थापन केन्द्रमा हुनुहुन्यो ।