• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशकसहित  ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशकसहित  ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    आइतबार, चैत १८ २०८०
    आइतबार, चैत १८ २०८०
    स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशकसहित  ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं, १८ चैत । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार गरेको आरोपमा  मुद्दा दायर गरेको हो।

    अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो।
    अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ।
    मोरङको कोशी अस्पताल कोभिड-१९ केन्द्र, विराटनगरमा ‘हाई डिपेन्डेन्सी युनिट (एचडियू) जडान तथा सञ्चालन गर्न सामग्री खरिदका लागि स्वास्थ्य निर्देशनालय, धनकुटाले बोलपत्र आह्वान गरेको थियो।  बोलपत्रमा न्यून कबोल गर्नेलाई छनौट नगरी अनियमितता गरेको भन्दै उजुरी परेको थियो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार