• सोमबार, १५ भदौ २०८३
  • images

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा रोशनलाल चौधरी 

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा रोशनलाल चौधरी 

    मंगलबार, फागुन २७ २०८१
    मंगलबार, फागुन २७ २०८१
    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा रोशनलाल चौधरी 

    बुटवल, २७ फागुन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी नियुक्त हुनुभएको छ ।


    निर्देशनालयका निर्देशक डा विनोद गिरीले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा चौधरीलाई निमित्तको निर्देशकको जिम्मेवारी दिइएको हो।


    चौधरी निर्देशनालयमा नै कार्यरत दशौं तहका कर्मचारी हुनुहुन्छ । २०५१ सालबाट स्वास्थ्य सेवामा प्रवेश गर्नुभएका चौधरीले धेरै जिल्लाहरुमा सेवा दिइसक्नुभएको छ ।

    उहाँले स्वास्थ्य आपूर्ति केन्द्र लुम्बिनी प्रदेश र जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रूपमा समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार