• सोमबार, १५ भदौ २०८३
  • images

    छात्रा तथा शिक्षिकाहरूको समस्यालाई मध्यनजर गर्दै, बझाङको थलारा माविमा सेनेटरी प्याड मेसिन जडान 

    छात्रा तथा शिक्षिकाहरूको समस्यालाई मध्यनजर गर्दै, बझाङको थलारा माविमा सेनेटरी प्याड मेसिन जडान 

    शनिबार, साउन ३० २०७८
    शनिबार, साउन ३० २०७८
    छात्रा तथा शिक्षिकाहरूको समस्यालाई मध्यनजर गर्दै, बझाङको थलारा माविमा सेनेटरी प्याड मेसिन जडान 


    बझाङ । छविसपाथिभेरा गाउँपालिका–५ थलारास्थित थलारा माध्यमिक विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरिएको छ। महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस् भनी मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले बताए। मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताउनुभयो ।
    छविसपाथिभेरा  गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लगानीमा उक्त मेसिन जडान गरिएको हो। विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला छात्राहरूले कक्षा छाड्नुपर्ने बाध्यता हट्ने बताउनुभयो । सेनेटरी प्याडको व्यवस्था र उचित शौचालयको व्यवस्था नहुँदा छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेको शिक्षक झलक धामीले बताउनुभयो । 
    अहिले सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको अलगै छात्रा शौचालय भएको र सेनेटरी प्याड मेसिन पनि जडान गरिसकेका उनले बताए। विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन्। कक्षा ९ की छात्रा जानकी क्मारी जाग्रीले भनिन्, ‘मेसिन जडानले हामीलाई सहज बनाउनेछ। महिनावारी हुँदा विद्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ।’ यसअघि छविसपाथिभेरा गाउँपालिकाका बान्निचौर मावि, शान्ति मावि र जनप्रिय मावि बगडगाउँमा सेनेटरी प्याड मेसिन जडान गरिएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार