• सोमबार, १५ भदौ २०८३
  • images

    महिनावारी रोक्ने औषधि प्रयोग गर्दा हुने गम्भीर असरहरु

    महिनावारी रोक्ने औषधि प्रयोग गर्दा हुने गम्भीर असरहरु

    बुधबार, साउन २७ २०७८
    बुधबार, साउन २७ २०७८
    महिनावारी रोक्ने औषधि प्रयोग गर्दा हुने गम्भीर असरहरु


    महिलाहरुमा हरेक महिना महिनावारी चक्र आउने गर्छ । महिनावारी प्राकृतिक प्रक्रिया हो । हरेक महिना २८ देखि ३८ दिनको बीचमा महिनावारी चक्र शुरु हुन्छ । तर, कहिलेकाँही महिलाहरु कुनै विशेष कार्यक्रममा लागि औषधि खाएर महिनावारीलाई पछाडि सार्ने काम गर्छन् । यस्ता औषधिले महिनावारी त पछाडि सार्छ तर यसले स्वास्थ्यमा गम्भीर असर पार्छ ।
    कसले प्रयोग नगर्ने ?
    ३० वर्षभन्दा बढी मधुमेह वा मोटोपनको शिकार भएका महिलाहरुले यो औषधिको सेवन गर्नुहुँदैन । यस्ता औषधिले स्वास्थ्यमा समस्या बढाउँछ । यसैगरी, रगत जम्ने समस्या छ भने यस्तो औषधिले झनै समस्या बढाउँछ ।
    समस्या
    महिनावारी रोक्ने औषधिले महिनावारी चक्र र सम्पूर्ण प्रजनन् स्वास्थ्यमा असर पुर्याउँछ । यसले महिनावारी चक्र बिगार्छ । साथै, महिनावारी चक्र पनि गडबढ गर्छ ।
    – यस्तै, यस्ता औषधिले गर्भाधान गर्न पनि असर पुग्छ । यसका साथै, यस्ता औषधिले २० प्रतिशत महिलामा अत्यधिक रगत बग्ने समस्या पैदा गर्छ । जुन कयौँ महिनासम्म रहन्छ ।
    – बारम्बार यस्ता औषधिको सेवनले नसामा रगत जम्ने, पल्मोनरी एन्बोलिज्म जस्ता रोगको खतरा बढाउँछ । यसले पेटमा दुखाई बढ्ने, ऐठन हुने र बान्ता हुने जस्ता समस्या पैदा हुन्छ ।
    – महिनावारी रोक्ने औषधिले मिर्गौलामा मेटाबोलाइज्ड गर्ने प्रक्रिया रोक्न सक्ने भएकाले स्वास्थ्यसँग जोडिएको विभिन्न समस्याहरु पैदा हुन्छ ।
    – महिनावारी रोक्ने औषधिले हर्मोनमा गडबढी पैदा गर्छ ।
    – महिनावारी नियमित नहुने भएकाले पेटमा बोसो जम्मा हुन थाल्छ । जसले गोप्य अंगमा इन्फेक्शन हुने, इरिटेशन हुने, पिसाबमा जलन हुने, थकान, कमजोरी र पेट खराब हुने जस्ता समस्या हुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार